
महोत्तरी - नेकपा माओबादी पार्टी मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले स्थानियतहलाई प्रदान गरिदै आएको सशर्त अनुदान रकमको सम्बन्धमा मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।
अगामी आर्थिक बर्ष २०८१ / ०८२ का लागि विनियोजन गरिने प्रदेश सरकारको वार्षिक योजना मार्फत प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा नेता साहले मन्त्री यादवलाई विहीबार ज्ञापनपत्र बुझाएका हुन् ।
अगामी वजेट तथा निती, योजना निर्माणको सम्बन्धमा यहाँ नेतृत्व गर्ने हरेक दलसँग छलफल गरि वजेटको योजनाको खाका तयार पारि रणनिती तय गर्नका लागि विना विभागीय मन्त्री समेत रहेका नेता साहले अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
गतबर्ष (आ.व. २०८०/०८१ ) को वार्षिक वजेटमा स शर्त अनुदानको रकम आन्तरिक मिलोमतोको आधारमा कुनै पालिकालाई धेरै त कुनैलाई न्युनतम भन्दा पनि कम वजेट वितरण गरिएको मन्त्री साहले बुझाएका ज्ञापनपत्रमा उल्लेख छ ।
