
महोत्तरी- रेडक्रस उपशाखा बर्दिवासद्वरा संचालित रक्त संचार केन्द्र बर्दिवासलाई सेवा विस्तार गर्न सहयोग जुटेको छ । लामो समयदेखि रक्त संचार सेवा दिदैँ आएको रेडक्रस उपशाखाले
कम्पोनेन्ट मेसिन राखी सेतो रगत उत्पादन तथा बितरण गर्ने लक्ष्य लिएसंगै सहयोग रकम संकलन सुरु भएको सभापति रेवन्त कार्की सुदिपले जानकारी दिए ।
शनिबार बर्दिवास हेल्पिङ ह्याण्ड संस्थाले ५९ हजार रुपैयाँ संस्थालाई सहयोग गरेको छ ।
कोभिडकालमा फुर्सदको समय एस एल सि ब्याच २०५९ का बिद्यार्थी संगठित भइ बनेको हेल्पिङ ह्याण्डले समाज सेवाकै उदेश्य लिएकोले कम्पोनेन्ट मेसिन खरिद गर्न संस्थाको तर्फबाट सहयोग रकम उपलब्ध गराएको अध्यक्ष प्रकाश गौतमले बताए।
सहयोग संकलनबाटै सेतो रगत उत्पादन र बितरण तथा ब्यबस्थापन गर्न एक करोड १० लाख लागत लाग्ने रेडक्रस उपशाखाले जनाएको छ ।
हरेक बिपद र आवश्यक ठाउँमा यस्ता संस्थाहरुको सहयोग निकै महत्त्वपूर्ण हुने मधेस संचार गृह तथा कानुन राज्यमन्त्री सारदादेवी थापाले बताईन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले रेडक्रस जस्तो सेवादिने संस्थाबाट संचालित रक्त संचारलाई पुर्ण सेवामुलक बनाउन आग्रह गर्दै प्रदेशबाट हुनसक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको थापाले बताईन् ।