जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गरेका छन्।।
सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्।



नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाट पद तथा गोपनियताको सपथ लिएका हुन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका हुन्।




