महोत्तरी- सर्वोच्च अदालतले रातु नदी उत्त्खननविरुद्ध गरेको अन्तरिम आदेशलाई बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ ।
जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्त्खनन तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो।
नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरुलाई विपक्षी वनाईएको छ ।
यसअघि मापदण्डको अनुसरण नगरी उत्त्खनन गरिएको र जनताको तटबन्धनलाई समेत असर पुग्ने अवस्था देखिएको हुनाले अन्तरिम आदेश जारी गर्नुपरेको पारम्भिक सुनुवाई भएको थियो ।
सर्वोच्च अदालतले पटकपटक पुर्ण सुनुवाईको मिति निर्धारण गरेतापनी वहस नभएको र एकतर्फी निवेदकहरुको आधारमा असोज(६ गते अर्को पेशी तोकिएकोप्रती असन्तुष्टि जनाउदै विभिन्न आधारहरु उल्लेख गर्दै अन्तरिम आदेश खारेजीको भागीदार भएको रिटमा दावी गरिएको छ ।
रिटको पेशी भने आईतवारलाई नै तोकिएको छ ।