महोत्तरी – महोत्तरीको रामगोपालपुरमा ७० प्रतिशत मत खसेको छ । रामगोपालपुर २ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल मतदाता २ हजार १ सय ४० मतदातामध्ये १ हजार ५ सय १४ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

खसेको मतमा ७ सय ८४ महिला र ७ सय ३० पुरुषले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



मतपेटिका सिल गरी मतगतगणना स्थल पुर्याइएको र आजै सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत कोइरालाले बताए ।







