
जनकपुरधाम- मधेस प्रदेश सरकारबाट सत्तारुढ माओवादी केन्द्रका दुई मन्त्रीहरुले राजिनामा दिएका छन् । माओवादीबाट जसपाका सरोज यादव नेतृत्वको वर्तमान सरकारमा रहेका बिना विभागिय मन्त्री भरत साह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सरकारबाट राजिनामा दिएको पत्र मुख्यमन्त्री यादवलाई बुझाएका छन् ।
साह माओवादी केन्द्रका संसदिय दलका मधेशका नेता पनि हुन । यस अघि संकटका बिच बिश्वासको मत लिने क्रममा मुख्यमन्त्री यादव साहलाई रोजेको मन्त्रालय दिने सहमती गरेर पछि वन मन्त्रीमा सिमित गर्न खोजेपछि साह आक्रोसित भएका थिए । उनले बन मन्त्रालयमा पदभार ग्रहण अस्वीकार मात्र गरेनन् सरकारनै ढाल्ने तयारी थाले ।
साहले अर्थ मन्त्रालय ताकेको बताइन्छ । प्रधामन्त्री प्रचण्डकै रोहबरमा मुख्यमन्त्री यादवले माओवादीलाई रोजेको मन्त्रालय दिने सहमती गरेको बताइन्छ ।
