
महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा मंडल(धानुक) जातिको नवनिर्मित दलानको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, मटिहानीका मंडल(धानुक)को माइजन अशेश्वर मंडल, देबान शर्मा मंडल, जग्गा दाता द्वय चुल्हाई मंडल एवम विश्वनाथ मंडल र वडा नम्बर - ७ का वड़ा अध्यक्ष जितनारायन माझीले संयुक्त रुपमा गर्नुभयो ।

सो दलानले स्थानीयलाई बिबाह, भोज जयन्ती र पाहुनालाई राख्न मद्दत पुग्ने कुरा नगर प्रमुख मंडलले भन्नु भयो ।सो दलान नगर स्तरीय योजना अन्तर्गत करिब २२ लाखको लागतमा निर्माण भएको कुरा प्राविधिक दिनेश साहले जानकारी दिनु भयो ।

सो वड़ा कार्यालय भवन निर्माण कार्यको समुद्घाटन कार्यक्रममा वडा नम्बर - ६,७ र ८ का वडा अध्यक्षहरु क्रमशः कलीम अंसारी,जितनारायन माझी र रितेश साह,वडा नम्बर - ८ पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, लोसपाका केन्द्रिय सदस्य राम कुमार मंडल, नेपाल उद्योग महासंघका पूर्व केन्द्रिय सदस्य विजयकुमार साह,महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय साह ,पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी,श्याम कुमार मंडल,उमाशंकर साह, जुगेश्वर खतवे, मटिहानी नगरपालिकाका योजना अधिकृत राजेश शर्मा लगायत कर्मचारीहरु,बिन्देश्वर नायक,प्रताप मंडल, बरुन मंडल,तलेवर मंडल,लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।



