
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेसको प्रदेश कार्यालयको भवन निर्माणका लागि सहयोग उपलब्ध गराई दिन जनकपुरधाम उपमहानगरपालिकासंग माग गरेको छ । महासंघका अध्यक्ष हिरा गौतमको अगुवाईमा गएको होटेल व्यवसायीहरुको टोलीले कार्यालयको भवन निर्माणका लागि सहयोग उपलब्ध गराई दिन उपमहानगरसंग माग गरेको हो । महासंघले जग्गा उपलब्ध गराई दिनका लागि उपमहानगरका नगरप्रमुख मनोज साहलाई ज्ञापन पत्र बुझाउँदै सहयोग उपलब्ध गराई दिनकालागि माग गरेको हो ।
दिनानुदिन् होटलै होटलको सहरको रुपमा उदाउदै गरेको जनकपुर नगरी पर्यटकको राजधानी र मधेसकै केन्द्रको रुपमा विकास भइरहेको छ, पर्यटकको रोजाईमा परेको बर्दिवास नगरमा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशको कार्यालय भवन निर्माण गरि व्यवस्थित र भरपदों योजनालाई कार्यान्वयन गर्न सकेको खण्डमा जनकपुर नगर लगायत समग्र मधेस प्रदेशको पर्यटनलाई विकाश गर्न सकिने ज्ञापन पत्रमा भनिएको छ ।
सो अवसरमा होटल व्यवसायी विजय झुनझुनवाला, नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
