
महोत्तरी- विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि औरहीले शनिवार सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ।
औरही नगरपालिका वा.न. ९ अग्लेश्वरा का सदस्यहरूलाई लक्षीत गरी स्थानीय श्री जनता आधारभूत विद्यालयमा भएको सो तालिममा ५० जना भन्दा बढी सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

बिहान ११ बजेदेखि ३ बजेसम्म भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता ,सिद्धान्त ,बचत ,ऋण ,वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण साह , व्यवस्थापक दिनेश कुमार यादव र रामबली मण्डल ले प्रशिक्षण दिनुभयो साथै सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा आफ्नो जीवनको अनुभव समेत आदान प्रदान गर्नुभयो।


औरही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रघुनन्दन चौधरीले उद्घाटन गर्नुभएको सो तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादव लगायतका उपस्थिति रहेको थियो।

औरही नगरपालिका वडा नम्बर ७ मा सञ्चालित यस संस्थाले नियमित रूपमा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिइरहेका छन्। आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष यादवले बताउनु भयो।