
महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकामा शिलान्यास भएको छ। मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा र रामगोपालपुर नगरपालिका नगर प्रमुख रामदुलार साहद्वारा संयुक्त रुपमा ब्रह्मस्थानको कम्पाउण्डवाल लगायत ब्रह्मस्थानको सौन्दर्यकरणका लागि शिलान्यास गरेको छ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ५ स्थित एक कार्यक्रमका बीच सो ब्रह्मस्थानको कम्पाउण्डवाल र साैन्दर्यकरणका कार्य निर्माणका लागि शिलान्यास गरेको छ ।

सोहि कार्यक्रमका बीच मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाले भने आफ्नो बिशेष पहलमा पर्यटन मन्त्रालयको बजेटबाट करिब २० लाखको लागतमा सो ब्रहमस्थानको कम्पाउण्डवाल र साैन्दर्यकरण बनाउन लागेको बताए।

उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख रामदुलार साह, अतिथि वडा नं ५ को वडा अध्यक्ष मकेश्वर शर्मा, जसपा नेतृ पुनब देवी यादव ,नेकपा एमाले नेता जिवछ चाैधरी,लाेस पा नेता राम बाबु महताे,ने क पा माओवादी नेता राम एकवाल मण्डल , ज स पा नेता राम सागर मण्डल ,श्याम यादव लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

ब्रहम स्थानकाे साैन्दर्यकरण र बाउन्डृीवालको कामले स्थानिय र साधु संतहरुले नेता कुश्वाहाको जय जयकारबनाइ हर्षित भएका थिए ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।