
महोत्तरी - मटिहानी नगरपालिका वड़ा नं. ९ सिमरदहीमा नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरिएको छ। उक्त आरोग्य सेवा केन्द्रको उद्घाटन मंगलवार मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंह र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले संयुक्त रुपमा गरेका हुन् ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय जलेश्वरका प्रमुख नन्दकिशोर कुश्वाहाको सभापतित्व सम्पन्न उदघाटन कार्यक्रममा नेपाली कोंग्रेसका नेताहरु नरेन्द्र मिश्र, बजरंग नेपाली, राघबेन्द्र मिश्र, मटिहानी नगरपालिकाका उप-प्रमुख श्री मंजु देवी, वड़ा अध्यक्ष मदन चौधरी, आयुर्वेदका ईश्वर नारायण झा, नरेश महतो, मनोज कुमार पाण्डेय, राम एकवाल मंडल, स्थानीय मुसाफिर सहनी, जोगिन्द्र साह, इंदल मंडल लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी मटिहानी नगरपालिका वड़ा नं. ९ स्थित सिमरदही स्वास्थ्य चौकी भवन निर्माण कार्यको शिलान्यास मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंह र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले संयुक्त रुपमा गरे । प्रादेशिक जनस्वास्थ्य कार्यालयको २५ लाखको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण हुने कुरा प्राविधिकले जनाएको छ ।