
धनुषाको महेन्द्र नगरबाट रुबि यादव नाम गरेकी एक महिला ५ दिन देखि वेपत्ता भएको छ।
क्षीरेश्वरनाथ नगरपालिका वडा ५ महेन्द्रनगर बस्ने राजनारायण यादवकी पत्नी २८ वर्षीया रुबि यादव शनिवार विहान घरबाट निस्केकी थिईन् । त्यस पछि उनि सम्पर्कमा नआएको घर परिवारले जनाएकाे छ।
घरायसी विवाद पछि उनि घरबाट निस्किएको छिमेकीहरुले बताएका छन् । मान्सिक रुपमा केहि अस्वस्थ रहेकी रुबिको खोजतलास गर्ने क्रममा आफन्तहरुको पुगेको हुन सक्ने आशंका खोजि सकेपनि फेला नपरेको परिवारजनले जनाएको छ।
५ दिन देखि मान्छे सम्पर्कमा नआएपछि खोजतलासको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुधवार निवेदन दिइएको छ।
प्रहरीले खोजतलास सुरु गरिसकेको इप्रका इन्चार्ज इन्स्पेक्टर सोनुकुमार साहले जनाएको छ।
तस्बिरमा देखिएकी महिला कहि कतै कसैले देखेको भेटेको खण्डमा प्रहरीलाई खबर दिनु हुन वा ९७०३३४९३५५ मा सम्पर्क गरिदिनु अनुरोध परिवारजनले गरेको छ।