
भैरहवा- भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वाट नियमित उडान गरिदिन चीनका राष्ट्रिय धार्मिक, साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ सँग सिद्धार्थ उध्योग वाणिज्य संघ ले अनुरोध गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका रुइफेंङ सँग भेट गर्दै संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले सो अनुरोध पत्र वुधवार वुझाएका हुन् ।
सिद्धार्थ उध्योग वाणिज्य संघ ले चिनिया मन्त्री रुइफेंङ लाई वुझाएको अनुरोध पत्र मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहनु को साथै लुम्बिनी वाट सबैभन्दा नजिकको विमानस्थल भएको र दुई वर्षअघि चिनियाँ निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको जानकारी गराईएको छ। विमानस्थलको स्थापनाले यस क्षेत्रमा सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धन गर्ने आशाजनक अवसर प्रस्तुत गरे पनि यसको पुर्ण संचालन हुन नसकेको र सरकारी निकाय सित सिद्धार्थ उद्योग वाणिज्य संघ ले लुम्बिनी होटल एसोसिएसन को सहयोग मा संचालन को लागि निरन्तर प्रयास गर्दा पनि सञ्चालनमा आउन नसकेको जानकारी गराईएको छ।

अध्यक्ष श्रेष्ठ ले दुई राष्ट्र विच हवाई यात्रालाई सहज बनाउनु ले नेपाल र चीन विच लामो समय देखि को सम्बन्धलाई सुमधुर बनाउने मात्र नभई दुवै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वाट हाम्रा देशहरू बीचको उडान यथाशीघ्र सुरु गर्न र साथै विमानस्थलमा उडान सञ्चालनका लागि चिनियाँ वायुसेवा कम्पनीहरूसँग समन्वयात्मक भूमिका खेल्न अनुरोध चिनिया मन्त्री रुइफेंङ सँग गरेका छन् ।पत्र बुझ्दै मन्त्री रुइफेंङले आफ्नो तर्फ वाट पहल हुने जनाएका थिए ।