
महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ४६ करोड ९९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महोत्तरी गाउँपालिकाको ११ औं बजेट, नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलीप कुमार पाण्डेले आर्थिक वर्ष ०८१/८२ का लागि ४६ करोड ९९ लाख ८९ हजारको बजेट सार्वजनिक गरेको हो ।
संघीय सरकारबाट २७ करोड ३३ लाख, प्रदेश सरकारबाट १ करोड १९ लाख८९ हजार अनुदान र संघीय सरकारबाट रावश्व बाँडफाँड तर्फ ७ करोड ९७ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ५० लाख तथा आन्तरिक स्रोत अल्यासहित १० करोड अधिनमा रहेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।
अध्यक्ष पाण्डेले प्रस्तुत गरेको नीति कार्यक्रममा गरिब घर पहिचान गरी परिचय पत्र विततरण गर्ने, कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति लिएको छ । एक विद्यार्थी एक विरुवा, एक विद्यालय एक बगैँचा कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयलाई हरित विद्यालयको रुपमा विकास गर्ने, हरेक वडामा व्यायम पार्क बनाउने घोषणा गरिएको छ ।
समाजमा कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेतविखन तथा ओसारपसार र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रमलाई 'हाम्रो समाज: राम्रो समाज' अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।