धनुषा- नेपाली काङ्ग्रेस धनुषा जिल्ला सभापतिमा सन्तोष यादवले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट आज धनुषा जिल्लाको सभापतिको आधिकारिक उम्मेदवारको रुप यादवलाई उम्मेदवार बनाइएको घोषणा गरिएको छ ।
जनकपुरधामको पीडारी चोक स्थित जानकी बाटिकामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका केन्द्रिय सह-महामन्त्री महेन्द्र यादब, केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना, रमेश रिजाल र प्रदेस २ का सभापति कृष्ण यादव लगायत जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यादव अहिले को जिल्ला समितिमा उपाध्यक्षको रुपमा रहेका छन् भने माघ १५ गते को लागि तोकिएको जिल्ला अधिवेशनमा सभापतिको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
धनुषा सभापतिमा सन्तोष यादवको घोषणा पश्चात् सभापतिका उम्मेदवार यादवले आफूले यस अघि पनि सभापतिको लागि उम्मेदवारी गरेकोमा सहमती मै जानु पर्ने भएपछि उपसभापति बनेको हुँदा यस पटक आफ्नो सभापतिमा जित सुनिश्चित भएको बताए । उनले आफू सभापतिमा विजयी भएमा अहिलेसम्म नभएको कार्य गरेर देखाउने बताए । उनले भने, म सबैलाई समेटर अगाडि बढ्ने छु ,म प्रतिबद्धता जनाउँछु ,स्थानीय निर्वाचन छ महिना भित्र हुन्छ, यसमा नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन राजनीतिको सबै हथकण्डाहरु अपनाउने छु।’ त्यस्तै पार्टीका सहमहामन्त्री महेन्द्र यादवले सन्तोष यादवको पार्टी भित्र ठूलो लगानी रहेको र उहाँ २०४६ सालदेखि नै पार्टीमा आबद्ध भई नेपाली जनताको अधिकारका लागि लड्दै आएकोले उहाँलाई नै जिल्ला सभापतिमा निर्वाचित गराउन सबैमा आग्रह गरेका छन् । उनले भने, 'तीन तहको निर्वाचन हुन लागेको छ । नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन पार्टीका जिम्मेवार व्यक्तिको काँधमा जिम्मेवारी दिनुपर्छ । त्यसैले धनुषा जिल्ला सभापतिका लागि सन्तोष यादव नै उपयुक्त व्यक्ति हुन् ।' त्यसैगरी उम्मेदवारी घोषणा कार्यक्रममा केन्द्रिय सदस्य रमेश रिजालले शेर बहादुर देउवाको काँधमा धेरै जिम्मेवारी रहेकोले जिम्मेवारीलाई सघाउन र अगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेका उम्मेदवारलाई जिताउन देउवा पक्षका उम्मेदवार सन्तोष यादवलाई जिताउन सबैमा आग्रह गरे । उनले भने, ‘नेपाली काँग्रेसमाथि आर्थिक, राजनीतिक, सामाजिक र धार्मिक जिम्मेवारी रहेको छ । मुलुकमा आर्थिक क्रान्ति, राजनीतिक विकृति र सामाजिक विकृति हटाउन, धार्मिक विभेद अन्त्य गर्न, अगामी तीन तहको निर्वाचन गराउन जिम्मेवारी हाम्रो काँधमा छ ।’ x उनले अहिलेपनि हाम्रा सामाजमा छुवाछुत, हिंसा, शोषण, दमन यथावत छ । यी सामाजिक विकृति हटाउन नेपाली काँग्रेसको जिम्मेवारी हो । नेपालमा बसोबास गर्ने सबैलाई आ आफ्ना धार्मिक स्वतन्त्रता रहेछ । यी लगायतका समस्याहरुलाई समाधान गर्नका लागि देउवा पक्षको उम्मेदवारलाई जिताउन हाम्रो आग्रह रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश अध्यक्ष कृष्णा यादवले तीनै तहको निर्वाचनलाई उपलब्धी मूलक बनाउनका लागि देउवा पक्षको उम्मेदवारलाई जिताउन आवश्यक रहेको दोहोर्याएका छन् ।यस अघि धनुषा सभापतिमा संस्थापन इतर समूहबाट क्षीरेश्वरनाथ नगरपालिका मेयर समेत रहेका योगेन्द्र पजियारले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
पजियारले आफूले ३ कार्यकाल धनुषाको ४ क्षेत्रको सभापति चलाइ सकेकाे हुँदा यस पटक जिल्लामा आफ्नो पक्षमा बहुमत नेता कार्यकताले मतदान गर्ने र जित सुनिश्चित भएको दाबि गरेका छन् ।