
दिपेश मल्लिक
जनकपुरधाम- मधेश प्रदेशमा फितलो कानुन कार्यन्वयनको कारण लैँगिक हिँसा बढीरहेको एक कार्यक्रममा वक्ताहरुले जनाएका छन् ।
समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा केयर नेपालको सहयोग तथा इन्सेकको समन्वयमा भएको लैँगिक हिँसा न्युनीकरणका लागि अबको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रममा बोल्दै मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिब देवकुमारी खत्रीले हिँसामा परेका जनसमुदायको तथ्यांक नभएकाले कार्य गर्न समस्या भईरहेको बताउनु भयो । उहाँले पालिकाहरुले आफ्ना वडाहरुमा रहेका विभिन्न समुदायका तथ्यांक बनाई सार्वजनिक गर्दा त्यसको आधारमा लैँगिक हिँसा न्युनीकरणका लागि काम गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मधेश प्रदेशमा छोरीहरु जन्मिनै नपाइरहेको अवस्था रहेको बताउनु भयो । भ्रुण हत्या भईरहेकाले यो भन्दै ठूलो लैँगिक हिँसा के हुनु भनेर प्रश्न गर्नुभयो ?

उहाँले फोरेन्सिक ल्याबको आभावमा बलात्कारका आरोपीलाई कानुनी दायरामा ल्याउन समस्या भईरहेकाले प्रदेश स्तरमा नै त्यस्ता ल्याब संचालन गर्नुपर्ने माग गर्नुभयो ।
समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोशी महतोको अध्यक्षतामा भएको सो साहस परियोजना अन्तरगतको छलफल कार्यक्रममा परियोजनाको उद्देश्यका बारेमा कार्यकारी निर्देशक देवराज पोखरेलले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा मधेशमा लैँगिक हिँसाको अवस्थाका बारेमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासमानले प्रस्तुतीकरण गर्दै कानुनी समस्या र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले महिलालाई शिक्षा सहितको आर्थिक क्षेत्रमा पहुँच नबढे सम्म उनिहरु माथि हिँसा हुने भएकाले यस तर्फ सरोकारबलाहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता राजकुमार महासेठले हिंसाका स्वरूपका बारेमा ध्यानाकर्षण गराएका थिए । साथै कार्यक्रम संचालन साहस परियोजनाका परियोजना संयोजक देवकुमार महतोले गर्नुभएको थियो ।