
मंजित कुमार राम,महाेत्तरी - महाेत्तरीकाे साेनमा गाउँपालिकामा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन पालिकाकाे सभा हलमा आज शनिबार सम्पन्न गरिएको छन।
किशोरकिशोरी मैत्री स्थानीय सरकार ,सुनिश्चित भविष्यकाे सुरुवात नराका साथ प्रभातफेरी गरी पालिकाकाे सभा हलमा प्रथम नगर स्तरीय किशोरकिशोरी सम्मेलन गरिएको छन् ।
साेनमा गाउँपालिकामा गरिएको प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलनमा अध्यक्ष बिश्वेवर प्रसाद यादवले वृक्षमा पनि हालेर कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियाे।
कार्यक्रममा अध्यक्ष यादबले किशोरकिशाेरी मैत्री स्थानीय सरकार ,सुनिश्चित भविष्यकाे सुरुवात भन्ने नाराकासाथ प्रथम नगर स्तरीय किशोर किशोरी मैत्री गाउँपालिका बनाउन १५ बुदे प्रतिबद्धता सहित घाेषणा गर्नुभएकाे हाे।

साेनमा गाउँपालिकामा किशोरकिशोरी मैत्री निती,ऐन ,नियमावली र कार्यविधि निर्देशिका तयार गरि आ,व २०८१/८२ मा बजेट समेत छुट्टायाईने बतानुभएकाे छन् ।
USAID adolescnt Reproductive Health काे आयाेजनामा साेनमा गाउँपालिका भित्रका किशोरकिशोरीहरु सहवागी हुनुभएको थियोे ।
नगर उपाध्यक्ष जाहिदा खातुनले मन्तव्य जाेडदै ,साेनमा गाउँपालिका भित्रका किशोरकिशोरीहरुकाे लागि स्थानीय सरकार ,सुनिश्चित भविष्यकाे सुरुवात गरिसकेको बताउनु भएकी छिन।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामएकवाल साहले प्रथम नगर स्तरीय किशोरकिशोरी सम्मेलनमा सहवागी किशोरकिशोरीहरु बधाई ज्ञापन गर्नुभएकाे थियो ।त्यसतै
महिला तथा बालबालिका साखाकी कार्यलय प्रमुख सिमा सिंह १५ बुदे प्रतिबद्धता पूर्णरुपा आउने बजेटमा समावेश हाेस भन्ने स्थानीय सरकार संग आग्रह गर्नुभएकी छिन् ।

जिल्लामै दाेस्राे नगर स्तरीय किशोरकिशोरी सम्मेलन साेनमा गाउँपालिका भएको USAID adolescnt Reproductive Healthकाे जिल्ला संयोजक प्रेम कुमार चाैधरीले बताउनुभएकाे छन् । गत महिनामा रामगोपालपुर नगरपालिकामा पहिलो नगर स्तरीय किशोरकिशोरी सम्मेलन सम्पन्न भएकाे थियो ।
कार्यक्रममा वडा-३ का अध्यक्ष प्रमाेध सहनी,शिक्षा साखाका सह-संयोजक धर्मेन्द्र कुमार यादब,स्वास्थ्य साखाका प्रमुख जितेन्द्र कुमार साह लगाईत कर्मचारीहरुकाे उपस्थित रहनुभएकाे थियोे ।