महोत्तरी - महोत्तरीको औरही नगरपालिका वडा नं ७ सोनामाईमा सञ्चालन भएको सोनामाई मेलामा पहिलो पटक नेपाल तरुण दलले आजदेखी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य किरण यादव, औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादव र नेपाल तरुण दल नगर कार्य समितीका अध्यक्ष अरुण यादवले स्वास्थ्य शिविरको मंगलवार उदघाटन गरेका छन् ।
मेलामा आउने व्यक्तिहरुको नि:शुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको नेपाल तरुण दल औरही नगरपालिकाका अध्यक्ष अरुण यादवले बताए । शिविर ३ दिनसम्म २४ घण्टा नै सञ्चालन रह्ने यादवले बताए ।
मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आए शिविरमा सम्पर्क गर्न आग्रह गरिएकोव छ ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य किरण यादव ,औरही न .पा मेयर सुनिल कुमार यादव, बिशिस्ट अतिथी नेपाल तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष नागेशवर यादव कार्यक्रमका अध्यक्षता नेपाल तरुण दल का नगर अध्यक्ष अरुण यादव , तरुण दल का जिल्ला अध्यक्ष बिनय यादव ,युवा नेता नरेन्द्र यादव लगायत उपस्थिति रहेको थियो ।





