
एसईई रिजल्टमा मधेस प्रदेशमै राजर्षी जनक सेकेन्ड्री स्कुल जनकपुर उत्कृष्ट भएको दावी गरेको छ। यस वर्ष ३३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
ती मध्ये A+ जीपीए ल्याउने ५ सहित ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या १३ जना रहेको छ ।
यस्तै बाँकी १५ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा राजर्शी सेकेन्डरी स्कुलको नतिजा जनकपुरकै उत्कृष्ट रहेको गुडु झा को दावी छ ।