
महोत्तरी - महाेतरीकाे बर्दिबासमा रहेकाे सीटी केयर असपतालले नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे छ । अस्पतालले ३ हजार भन्दा बढी खर्चमा हुने जाचहरु ५ सयमै गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे हाे ।

चिकित्सकद्वरा चेकजाच, विभिन्न ७ प्रकारका ल्याब टेष्ट, डिजिटल ऐक्सेरे र इसीजी ५ सयमा गर्न सक्ने नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेकाे सीटी केयर अस्पतालका सञ्चालक सुधिर अग्रवालले बताए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र बर्दीबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रीले शनिबार राती संयुक्त रुपमा नागरिक सुलभ स्वास्थ अभियान सुरु गरेका छन।
उदघाटपछि शुभकामना दिंदै मुख्यमन्त्री सिहले नागरिक सुलभ स्वास्थ अभियान निरन्तरता दिन अस्पताल सञ्चालकसंग आग्रह गरे । अभियानले नागरिक लभान्वीत हुने मुख्यमन्त्री सिहले विश्वास व्यक्त गरे ।
