भैरहवा- भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) ले भारतबाट नेपाल ल्याईँदै गरेको लागु औषध हेरोइन नेपाल भारत सिमा नाका सुनौली वाट मंगलवार बरामद गरी तस्करी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्ने मा भारत उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला सुनौली निवासी ३० वर्षिय ओमकारनाथ त्रिपाठी रहेको भारतिय प्रहरी ले जनाएको छ। निज वाट प्रहरी ले १८.५० ग्राम लागुऔषध हेरोइन बरामद गरेको र सो को अन्तराष्टिय बजार मा अनुमानित मुल्य २४ लाख नेपाली रुपैयाँ रहेको जनाईएको छ।
सुनौली प्रहरी चौकीलाई प्राप्त गोप्य सुचना को आधार मा महाराजगञ्जका प्रहरी उपरीक्षक सोमेन्द्र मीनाको निर्देशनमा सञ्चालित कारवाहीमा सुनौली कोतवाली क्षेत्रको केवटलिया बगैँचा नजिक एक शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध हेरोइन बरामद भएको हो । उक्त व्यक्तिले लागूऔषध शरीरमा लुकाएर नेपाल लैजान खोजेका प्रहरी ले जनाएको छ। प्रहरी उपरीक्षक सोमेन्द्र मीनाले सीमामा सतर्कता बढाउन र तस्करी रोक्न विशेष निर्देशन दिएका थिए जसलाई सुनौली कोतवालका इन्चार्ज अंकित सिंहले सफलता को साथ संपन्न गरेको ईन्डो नेपाल न्युज ले जनाएको छ। आरोपी ओंकारनाथ त्रिपाठी विरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको प्रहरी ले जनाएको छ।