
गोडैता, सर्लाही- सर्लाहीको गोडैता नगरपालिका वार्ड -२ जयपुर स्थित श्री जनता आधारभुत विधालयले अभिभावक पाएको छ । लामो समयदेखी अभिभावक विहिन रहेका विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्षमा श्यामसुन्दर महतो चयन भएका छन ।
त्यस्तै शिक्षाप्रेमीमा महिला तर्फबाट गिता कुमारी कुशवाहा चयन भएका छन । आज एक बैठक बिच विधालयका प्रधानाध्यापक गर्भु महतोले नयाँ चयन भएका अध्यक्ष महतो सहितका सदस्यहरुलाई असार २८ गते फुलको माला अबिर लगाएर स्वागत गरिने बताएका छन ।
आज विधालयमा भएको छलफलमा नव निर्वाचित अध्यक्ष श्यामसुन्दर महतो, सदस्य सम्भु मुखिया, कुमारी देवी राम, स्थानीय अभिभावक तथा भद्रभलादमीहरु किशोरी महतो, उपेन्द्र महतो, इसलाम नट, सुरेन्द्र महतो, सितल मुखिया, विलाश महतो, कइल महतो, सुशील कुशवाहा, चन्दीरक महतो, नागेन्द्र महतो लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
विधालय अभिभावक विहिन हुँदा नियमित पठनपाठन, दिवाखाजा कार्यक्रम, पूर्वाधार विकास तथा शैक्षिक सुधार लगायत विधालयका दैनिक शैक्षिक कार्यहरू प्रभावित हुदै आएका थिए ।
विधालयले एउटा सबल र सक्षम नेतुत्व पाएपछि गरिब तथा विपन्न परिवारका अभिभावकहरुले खुशी व्यक्त गरेका छन ।
विव्यसमा महतो चयन भएपछि विधालय सुधारमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयले लिएका छन ।
छोरा हेटौंडा तथा काठमाडौ पढाउने व्यक्तिहरु व्यक्तिगत राजनीतिक स्वार्थ परिपुर्तिका लागि विधालयमा हावी हुँदा विधालयका पठनपाठन तथा समिती गठन प्रभावित हुँदै आएका थिए ।