
मधेस,कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।
अहिले मधेस,कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मधेस,कोशी,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस,कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धरानमा १४६ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।