
सिन्धुली- अविरल वर्षाका कारण गएको पहिरो र बाढीका कारण जिल्लाका दुई वटा राजमार्ग अवरुद्ध भएका छन । मदनभण्डारी राजमार्ग र विपी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो ।
हरिहरपुरगढी गाउँपालिकाको हाक्पारामा पहिरो जाँदा मदनभण्डारी राजमार्गको हेटौडा सिन्धुली खण्ड अवरुद्ध भएको छ ।
यस्तै काभ्रेको माम्तीखोलामा आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार सडक खुलाउन हाक्पारामा पहिरो हटाउने प्रयास भईरहेको छ ।