
महोत्तरी- २०८१ साल बैशाल १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा लागेको भिष्म आगलागीबाट प्रभावित पिडितहरुलाई आज एफ.सि.ए.फिनल्याण्डको सहयोग एवं मटिहानी नगरपालिकाको समन्वयमा रतौली युवा क्लव द्धारा व्यवसायिक सामाग्री र बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको छ ।

त्यसै गरी वडा-६ मा आयोजित उक्त राहत कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।

त्यसै क्रममा बोल्नु हुदै प्रमुख मंडलले व्यवसायिक राहत सामाग्रीले अग्नी पिडितहरुलाई आफ्नो व्यवसाय गरि जिविकोपार्जन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।रतौली युवा क्लवका कार्यकारी निर्देशक बैजनाथ चौधरीले हाम्रो यो संस्थाले मटिहानीका अग्नी पिडितहरुको सहयोगको लागि अग्रसर भई काम गरिरहेको र अहिले यस व्यसायिक सामाग्री पाएका अग्नी पिडितहरुलाई ३ महिना सम्म व्यवसायीक तालिम समेत दिई उहाँहरुलाई व्यवसायमा दक्ष बनाउने हाम्रो लक्ष्य रहेको बताउनु भयो ।

एफ.सि.ए. फिनल्याण्डको सहयोग एवं मटिहानी नगरपालिकाको समन्वयमा रतौली युवा क्लव द्धारा संचालित आगलागि प्रभावित परिवारका लागि राहत कार्यक्रम अर्न्तगत आज ५१ जनालाई व्यवसायिक सामाग्री सहित आर्थिक सहयोग,२२१ जना बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा पोशाक र १०५ जना (ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपङ्गता भएका व्यक्ति र एकल महिला) लाई प्रति व्यक्ति रु. ५००० हजारको दरले नगद सहयोग गरेको कुरा रतौली युवा क्लवका कार्यक्रम संयोजक कृष्ण बहादुर भुलले बताउनु भयो ।

वडा नं. ६ का वडा अध्यक्ष कलिम अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पजियार, शिक्षा संयोजक चन्देश्वर साह,रतौली युवा क्लव राहत वितरण कार्यक्रमका फोकल पर्सन विवेक कुमार रौनियार,लगायतका कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


