
महोत्तरी- प्रतिनिधिसभा सदस्य शरत सिंह भण्डारी र प्रदेश २ का सांसद जयनुल राईनको संसदीय कोषबाट निर्मित लोहारपट्टी नगरपालिका ५ स्थित पासमान सामुदायिक भवनको उदघाटन आज गरिएको छ ।
महा्ेत्तरीको निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीले आज उक्त पासमान सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।

त्यसैगरी प्रदेश २ का सांसद जानकी शरण साहको संसदीय विकासबाट निर्मित लोहारपट्टी नगरपालिका ५डथौरा स्थित शिव मन्दिरको पनि उद्घाटन गरिएको छ ।
सो अवसरमा पूर्वमन्त्री शरत सिंह भणडारी , प्रदेश सभासद जयनुल राइन र प्रदेश सभासद सुरिता साह र प्रदेश सभा को समानुपातिक सभासद जानकी शरण साह सहित लोसपाका कार्यकर्ता तथा जनताहरु संग भेटघाट समेत गरेका थिए ।
