महोत्तरी - महोत्तरीमा बिषालु सर्पदंशबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका –६ मगरथाना घर भएका ६ वर्षीय कुनाल कुमार यादब रहेका छन् ।
बुधवार राती ७ बजे घरमै बसिरहेका बालकलाई विषालु सर्पले डसेको हो । सर्पले टोकेपछी उनलाई उपचारकालागी बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरीएको थियो ।
उपचार केन्द्रमा उनको उपचार सम्भब नभएपछी थप उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास रेफर गरीएको थियो अस्पतालमा उपचारको क्रममा बिहिवार मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।