बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ शिव पुराण माहायज्ञको पहिलो दिन नै बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र मन्जु पौडेल दम्पतिले आफ्नो हजुरबुवा स्व. दल बहादुर क्षेत्री को नाममा २ कोठा भवन निर्माण खर्च बराबर रु. १५ लाख दान प्रदान गरेका छन् ।
सोमवारबाट नै सुरु भएको माहायज्ञमा कथा श्रवण गर्न आउने संस्थागत र व्यक्तिगत दान गर्नेहरुबाट २० लाख ३४ हजार रकम संकलन भएको मुल आयोजक समितीको सचिवालयले जनाएको छ ।
विशेषगरि बर्दिवास नगर क्षेत्रका व्यवसायी, संस्था र व्यक्तिहरुले गरेको सहयोग मध्ये सवैभन्दा बढी मेयर
क्षेत्री दम्पतीले १५ लाख सहयोग गरेको माहायज्ञ मुल आयोजक समितिका प्रबक्ता चेत कुमार थापाले जानकारी दिए ।
त्यसैगरी उदिपनारायण महतोले १ लाख २१ हजार सहयोग गरेका छन् ।
थापाको अनुसार त्यसपछी गौतम होटल बर्दिवास र लालगढमा कार्यरत कर्मचारीहरुले एक मुष्ट १ लाख १८ हजार ७ सय सहयोग गरेका छन् भने हरिसयनी एकादशी समूह, बर्दिवास उधोग बाणिज्य संघ, जनता बहुमुखी क्याम्पस बर्दिवास, बर्दिवास नेवार समाज र रोटरी कलव बर्दिवासले संस्थागत रुपमा प्रत्येकले ५१ हजार सहयोग गरेको माहायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
व्यक्तिगतरुपमा स्थानियहरु माधव पोखरेल र नरहरी गौतमले पनि जनही क्रमश ५१ हजार ५५५ र ५१ हजार सहयोग गरेको प्रबक्ता थापाको भनाई छ ।
सोमवार देखि सुरु भएको यज्ञमा मंगलवार देखि वाचन सुरु भएको माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।