
धनुषा- जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल मंगलवार देखि सुरु हुन लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको सो अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल जनकपुरधामको आशा चलचित्र मन्दिरमा हुने लागेको छ।
लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले दुई दिनसम्म चल्ने सो फिल्म फेस्टिभलको विषयमा मुलुक संघीयतामा गएपछि पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल हुन लागेको जानकारी दिनु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गर्नुहुने सो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने जानकारी कार्यक्रमका संयोजक एवं कलाकार रमेश रञ्जन झाले दिनु भएको हो ।
यसै गरि वृत्तचित्र गुमकी र विद्यापती तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन् । यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ । मंगलवार ११ बजेबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
ुहामीले चलचित्र प्रदर्शनीसँगै अन्तरक्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मूलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु होु, निर्देशक रञ्जनले भन्नुभयो । उहाँले मैथिली भाषीको संख्या ठूलो रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ुहामी कहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, उनीहरूले मैथिली भाषामा काम गर्ने वातावरण किन बनेन भन्ने एउटा जिज्ञासालाई यसले मेट्छ भन्ने विश्वास छ, किनकि मैथिली भाषाको चलचित्र विभिन्न प्रसिद्ध महोत्सवमा समेत पुगिसकेको छ तर हाम्रो बजारमा हिन्दी र भोजपुरी भाषाका चलचित्रको मात्र बाहुल्यता छ ।ु
उहाँले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय संख्यात्मक र गुणात्मकरुपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिनुभयो । यही असार ११ र १२ गते जनकपुरमा हुने महोत्सवमा नेपालबाट वृत्तचित्रतर्फ ुगुमकीु र ुविदापतु तथा लघुचलचित्रतर्फ ुअफवाहु प्रदर्शन गरिनेछ । यस्तै विदेशीतर्फ भारतमा निर्मित चलचित्रतर्फ ुललका पागु, ुलोटस ब्लूम्सु, ुसमानान्तरु र लघुचलचित्र ुरक्त तिलकु प्रदर्शन गरिनेछ ।
साथै महोत्सवमा ुमैथिली सिनेमाक निर्माण आ व्यवसायु, ुनिर्देशक सँ विमर्शु, ुसमकालीन परिदृश्य मे मैथिली सिनेमाु, ुमैथिली सिनेमाक विविध स्वुरूप आ सम्भावनाु शीर्षकमा अन्तरक्रिया गरिने निर्देशक रञ्जनले जानकारी दिनुभयो ।