जनकपुरधाम। नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको २६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी जनकपुरमा मनाइएको छ।
पुष १० गते देखि १५ गते सम्म ५ दिने चलेको वार्षिकोत्सवको अवसरमा खेलकुद , सरसफाइ तथा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो ।
पाँच दिने खेलकूद अन्तर्गत जनकपुर विमानस्थलका कार्यालय प्रमुख तेज बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा कर्मचारीले क्रीकेट , फुट्बल तथा घैटो फोर्ने लगायतका मनोरञ्जनका खेल सञ्चालन गरेका थिए ।जस अन्तर्गत उत्कृष्ट खेल खेलेका खेलाडीलाई सम्मान स्वरुप मायाको चिनोको रुपमा कप र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख थापाले मधेश प्रदेशको राजधानी जनकपुर व्यवस्थित बनाइ जनकपुरलाई सुन्दर बनाइ पर्यटन प्रवर्द्धन गर्न बिमानस्थलको भूमिका बारे चर्चा गरेका थिए ।
क्रीकेट तर्फ उत्कृष्ट खेलाडिमा क्यानको मोहन ठाकुर ,फुटबल तर्फ बुद्ध एयरलाइन्सका आशीष खड्का त्यस्तै नागरिक उड्डयन कार्यालयका उपेन्द्र बरही रहेको जनकपुर नागरिक उड्डयन कार्यालयका सूचना अधिकृत गणेश कुमार यादबले जनाए ।
बुद्ध एयर जनकपुर कार्यालयको प्रमुख बिजय प्रसाद सिंह , एति एयरलाइन्सका जनकपुरका नि: कार्यलय प्रमुख युवराज घिमिरे ,आयल निगम जनकपुर शाखा प्रमुख राजु श्रेष्ठ ,विमान स्थाल सुरक्षा निकाय , जल तथा मौसम बिज्ञान बिभाग प्रमुख र नागरिक उड्डयन प्राधिकरणका भूत पूर्ब कर्मचारी लागायतका कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।