
भैरहवा-- ताला ओ.पी.डी मा हैन हाम्रो भविष्य मा लागेको हो, ताला युसीएमएस मा हैन हाम्रो सपना मा लागेको हो भन्दै युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा मा विगत २४ दिन देखि आन्दोलन र पछिल्लो १८ दिन देखी प्रिन्सिपल डा.लक्ष्मी पाठक को राजीनामा लगाएत का माग हरु राखेर रिले अनसन गर्दै आएका अध्यनरत विधार्थी हरु ले वुधवार देखि ओ.पी.डी मा ताला वन्दी गरेका छन् ।

विद्यार्थीहरुले आन्दोलन प्रिन्सिपल डा.लक्ष्मी पाठक ले पद मा रहेर विधार्थी हरु माथि देखाएको तानाशाही, खप्नै नसक्ने अत्याचार ,दम्भी सोच र मानवीय संवेदना र मौलिक अधिकार हनन् गर्ने प्रवृत्ति विरुद्ध रहेको जनाएका छन् । आन्दोलनरत विधार्थी हरु ले अस्पताल को ओपीडी मा ताला बन्दी गर्दै आफ्नो विभिन्न समस्या हरु को सम्वोधन का निम्ती युसीएमएस का प्रथम वर्ष देखि अन्तिम वर्ष का विधार्थी, ईन्टर्न, रेसिडेन्स डा.हरु दशै जस्तो महान चाड मा पनि घर नगई आन्दोलन मै रहेको र कलेज प्रशासन, स्थानिय प्रशासन, नेपाल मेडिकल काउन्सिल लगायत विभिन्न निकाय संग हार गुहार गर्दा पनि अहिले सम्म माग संवोधन गर्ने निकाय संग वार्ता गर्ने अवस्था मिलाउन नसकेको जनाएका छन् । समस्या को सुनवाई नभएको र सम्पुर्ण कन्सलटेन्ट डा.हरु ले काम गर्ने वातावरण नभएको जाहेर गर्दा पनि सम्वन्धित निकाय हरु ले निकास देखाउन अग्रसर नदेखाएका कारण विधार्थी हरु शारिरिक र मानसिक दुवै रुप मा विक्षिप्त र निरिह भएर ओपिडी सेवा वन्द गर्ने वाध्यात्मक परिस्थिती रहेको आन्दोलनरत विधार्थी हरु ले विज्ञप्ती मार्फत जनाएका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा का प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस ले आन्दोलनरत विधार्थी हरु को माग हरु सम्वोधानार्थ विभिन्न तह मा व्यवस्थापन वार्ता वसी समस्या समाधानार्थ हरपल प्रयासरत रहेको र वार्ता समिती गठन गरिएको, वार्ता विभिन्न चरण मा गरिए पनि विधार्थी हरु वाट प्रतिनिधि मुलक अपस्थिती नभई ठुलो भिड मा मात्र वस्ने विधार्थी हरु को अडान का कारण ले वार्ता निष्कर्ष विहिन रहेको जनाएका छन् ।
आन्दोलनरत विधार्थी हरु वाट पेश गरेको माग मा यस अघि नै कलेज को धारणा प्रस्टाई सकेको तर विधार्थी हरु वाट समस्या समाधान को उपाय हरु पहिल्याउनु को सट्टा झन् अस्पताल को सेवा, सुविधा हरु मा ताला वन्दी गरि वन्द गर्ने कार्य गरि अत्यावश्यक सेवा मा वाधा पुर्याउने, कार्यरत चिकित्सक, कर्मचारी लाई कार्य गर्न अवरोध गर्ने र विरामी लाई सेवा वाट वन्चित गराउने लगाएत कार्य नगर्न विधार्थी हरु लाई कार्यकारी निर्देशक पि.एस ले अनुरोध गरेका छन् । कुनै पनि समस्या को समाधान वार्ता वाटै मात्र सम्भव हुने भएको ले आजै को मिती वाट अस्पताल तथा कलेज संचालन सुचारु गरि ५ देखि १० जना सम्म को प्रतिनिधि मुलक उपलव्दीमुलक समाधान निस्कने तर्फ केन्द्रित हुन थप अपिल गरेका छन् ।