
महोत्तरी- महोत्तरीमा ३३ केभिए प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन्। बस्ती छेउबाट विद्युत प्रसारण लाइन विस्तार गर्न लागिएको भन्दै स्थानीयले अवरोध गरेका हुन्।
गौशाला नगरपालिका– १ इटाटारबासीले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिमा विद्युत विस्तार गर्न लाग्दा स्थानीयले रोकेका हुन्।स्थानीयहरूले बस्ती हुँदै ३३ केभि लाइन प्रसारण विस्तार गर्दा जोखिम बढ्ने भन्दै विजुलीको पोल गाड्न आएका विद्युत प्राधिकरणका कर्मचारीलाई शनिवार रोकेका थिए। तर ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले तनावलाई बढ्न दिएनन्।
प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख जगरनाथ झाले स्थानीयले भनेजस्तो जोखिम नरहेको बताए। उनले उद्योगलाई प्रसारण लाइन विस्तार गर्न लागेको जस्तो देखिए पनि खासमा गौशालामा सबस्टेशन स्थापनाको लागि रहेको प्रतिक्रिया दिए। स्थानीयले अवरोध गरेकाले हाल विस्तारको कार्य रोकिएको जानकारी दिए।
तथा स्थानीयसँग समन्वय जारी राखिएको बताए।








