
होत्तरी- गौशालामा मालपोत कार्यालय संचालनमा आएको छ । गत साता जलेश्वरबाट मालपोत कार्यालयबाट स्रेस्ता (मोठ) ल्याएपछि सोमवारबाट कार्यालयको कामकाज सुचारु भएको हो ।

वि.सं. २०७८ साल बैशाख १७ गतेका दिन कार्यालय स्थापना भएतापनि लामो समयदेखि प्राविधीक कारणवश यस कार्यालयबाट सेवा सुचारु हुन सकेको थिएन् । यहाँका सेवाग्राहीहरुले सदरमुकाम जलेश्वरबाट सेवा लिनका लागि वाध्य थिए।


कार्यालय संचालनमा आएपछि यहाँका सेवाग्राहीहरु हर्षित भएका छन् । अब समय र पैसाको बचत हुने भएपछि जग्गाको कारोवारका लागि समस्या नहुने भएपछि सर्वसाधारणहरु खुशी भएका छन् ।क्रमिक रुपमा कर्मचारी लगायतका आवश्यक बन्दोवस्ती गरिदै जाने र तत्कालको लागि कार्यालयबाट सेवा उपलब्ध गराउन सफल भएको मालपोत कार्यालय प्रमुख दिपेन्द्रकुमार झाले बताए ।

पहिलो पटक जग्गा कारोवार गर्नेहरु सम्मानित कार्यालय संचालनमा आएपछि पहिलो नम्बरमा जग्गाको कारोबार गर्नेलाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गमछा ओढाएर सम्मान गरेका छन् ।

जग्गा विक्री गर्ने गौशाला नगरपालिका ५ का हजारी साह र खरिद गर्ने विल्टु साह र सीताराम साहलाई मालपोत कार्यालय गौशालाले सम्मान गरेको हो।
नापी कार्यालयको सेवा चाँडै संचालनमा आउने :

नापी प्रमुख साह गौशालामा नापी कार्यालयको कामकाज चाँडै नै सुचारु गरिने नापी कार्यालय गौशालाका प्रमुख किशन साहले बताए।आवश्यक कागजातहरु यहाँ ल्याईसकेकोले केही दिनमै यहाँबाट सेवा दिईने तयारी भईरहेको प्रमुख साहले बताए।साथै मालपोत कार्यालय परिसरमा आज प्राइम कमर्सियल बैंक लिमिटेडको काउन्टर समेत उदघाटन भएको छ।



