
महोत्तरी - रामगोपालपुर नगरपालिका वडा नम्बर -१ बसबिट्टीमा आज मंगलबार हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।
रामगोपालपुर नगरपालिकाको नगर प्रमुख रामदुलार साहद्वारा वडा नम्बर १ बसबिट्टीमा हनुमान मन्दिरको शिलान्यास गरिएको हो ।
सार्वजनिक जग्गामा मन्दिर शिलान्यास गरिएको स्थानीय सियासरण यादवले बताए ।
शिलान्यास कार्यक्रममा रामगोपालपुर नगरपालिकाको कार्यालय प्रमुख अच्छेलाल दास, वडा नं ५ का वडा अध्यक्ष मकेश्वर कुमार शर्मा,मन्दिरका पुजारी र स्थानीय जन समुदायहरु को उपस्थिति रहेको थियो।