काठमाडौं- भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेकी छन्।
यसैगरी प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन्।
यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय समकक्षी डा. जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।