
रौतहट - रौतहटमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ ।
अज्ञात समूहले गौर नगरपालिका-५, कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको धारिलो हतियार प्रहार गरेर हत्या गरेको हो । महतोको बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
उनका अनुसार महतोको शव घरभन्दा दुई सय मिटर टाढा धान खेतमा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।