कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही को बुटवल मा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उप-महानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको आयोजना र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा जेठ ९ र १० गते रोजगार मेला २०२३ को आयोजना हुने भएको छ। ।
बुटवलमा तेस्रो पटकआयोजना गर्न लागिएको यो रोजगार मेला बुटवल-११ कालिकानगर मा रहेको महाराजा रिसोर्ट मा हुदैँछ।
कोभिड माहामारी पछि धेरै उद्योग तथा व्यापारीक प्रतिष्ठान ले रोजगार कटौती गरेको वेला यो रोजगार मेला ले पक्कै पनि यस क्षेत्र का मानिस लाई केहि आर्थीक राहत दिने छ। त्यत्ति मात्र नभएर रोजगार दाता कम्पनि हरु ले पनि आफु लाई चाहिने दक्षकामदार हरु रोजेर लिन पाउने छन् ।
रोजगार मेला को प्रमुख उद्देश्य वारे बुटवल उद्योग वाणिज्य संघ का अध्यक्ष उज्जवल प्रसादकसजु ले ' यो मेला को मुख्य उद्देश्य भनेको रोजगार दाता ले मेला स्थल मै रोजगारी प्रदान गर्ने हो , र हाल सम्म पंचकन्या ग्रुप, सिद्दिविनायक ग्रुप लगाएत पन्द्र वटा ठुला कम्पनि हरु ले स्टल दर्ता गरि सकेको र थपिने क्रम जारी नै रहेको ' बताए ।
रोजगार मेला मा तीस वटा रोजगार दाता कम्पनि को स्टल र कम्ति मा पनि १०० जना दक्ष कामदार लाई नि:शुल्क रोजगार प्रदान गरिने र अन्य लाई पनि भविष्य मा कम्पनी लाई चाहिँदा सम्पर्क गरि रोजगार प्रदान गर्ने थप जानकारी दिए ।
रोजगार मेला नेपालमा काम खोजीको एक उत्कृष्ट उपाय हो। यो एक उपयोगी प्रयास हो जसले काम चाहने व्यक्तिहरु लाई कम्पनि हरु को साथमा जोड्न मद्दत गर्दछ।
रोजगार मेला ले नेपालमा बिभिन्न क्षेत्रहरुबाट आएका कम्पनीहरुलाई समन्वय गर्दछ जस्ले काम चाहने युवाहरुलाई उनीहरुको शैक्षिक योग्यता, कौशल र प्रतिभा अनुसार उनीहरुको समक्ष ल्याउन प्रदान गर्दछ।