
महोत्तरी- बर्दिवासमा तिज फेस्टिवल एण्ड म्युजिकल इभेन्टस २०८१ आयोजना हुने भएको छ।
इभेन्ट्स बारे जानकारी दिनको लागि शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा तिज फेस्टिवल एण्ड म्युजिकल इभेन्टसबाट संकलन हुने रकमको २० प्रतिशत रकम सडक मानव संरक्षणको लागि बर्दिवासमा निर्माण हुन लागेको हाम्रो माया घरलाई प्रदान गर्ने घोषणा इभेन्टसका प्रमुख रश्मि दत्तले जानकारी दिईन ।
शारदा इभेन्टस नेपालले आयोजना गरेको उक्त इभेन्टसको औपचारिक अडिसन ११ भदौमा गौतम होटल बर्दिवासमा हुने आयोजक पक्षले जनाएको छ ।
अडिसनमा छनोट भएका प्रतियोगीहरुलाई हप्ता दिनको तालिम सहित ग्राण्ड फिनालेमा सहभागी गराईने इभेन्टसका निर्देशक साईमन थापाले वताए । तालिम अवधीमा व्यक्तित्व विकास तथा महिला शशक्तिकरण सम्बन्धि थप अभिमुखीकरण दक्षता समेत प्रदान गर्ने निर्देशक थापाको भनाई छ ।

'बर्दिवास भित्रका महिलाहरुको समुहवाट अडिसन गरि छनोट गरिएका समूहहरुलाई हप्ता दिनसम्म व्यक्तित्व विकास लगायत क्याटवाक र मोडलिङ्ग सम्बन्धि थप तालिम पनि दिनेछौ ।' उनले भने । 'सहभागीहरुलाई बर्दिवासका विभिन्न ऐतिहाशिक, सांस्कृतिक तथा धार्मिकस्थलहरुमा भ्रमण गराईनेछ ।'
ग्राण्ड फिनालेवाट विजेता वन्नेलाई ५० हजार नगद पुरुस्कार सहित १ लाख बराबरको शैक्षिक छात्रवृति इभेन्टका शैक्षिक पार्टनर शारदा एजुकेसन पार्कले प्रदान गर्ने व्यवस्थापक सुमित दत्तले जनाएका छन् ।
कार्यक्रम अवोलोकन गर्नेहरुका लागि टिकट समेत निर्धारण गरिएको छ ।
