
तीजलाई मध्यनजर गर्दै महोतरीको बर्दिवासमा तिज फेस्टिवल आयोजना हुने भएको छ ।
शारदा इभेन्टस नेपालले आयोजना गरेको उक्त इभेन्टसको औपचारिक अडिसन ११ भदौमा गौतम होटल बर्दिवासमा हुने आयोजक पक्षले जनाएको छ ।
सनिवार एक पत्रकार सम्मेलनका विच अडिसनमा छनोट भएका प्रतियोगीहरुलाई हप्ता दिनको तालिम सहित ग्राण्ड फिनालेमा सहभागी गराईने इभेन्टसका निर्देशक एलएक्स बस्नेतले वताए । तालिम अवधीमा व्यक्तित्व विकास तथा महिला शशक्तिकरण सम्बन्धि थप अभिमुखीकरण दक्षता समेत प्रदान गर्ने निर्देशक बस्नेतको भनाई छ ।
बर्दिवास भित्रका महिलाहरुको समुहवाट अडिसन गरि छनोट गरिएका समूहहरुलाई हप्ता दिनसम्म व्यक्तित्व विकास लगायत क्याटवाक र मोडलिङ्ग सम्बन्धि थप तालिम दिदै ग्राण्ड फिनालेका विजेताहरुलाई बर्दिवासका विभिन्न ऐतिहाशिक, सांस्कृतिक तथा धार्मिकस्थलहरुमा भ्रमण गराईने आयोजक पक्षले जनाएको छ ।
विजेतालाई ५० हजार नगद पुरुस्कार सहित १ लाख बराबरको शैक्षिक छात्रवृति समेत प्रदान गर्ने व्यवस्थापक सुमित दत्तले जानकारी दिए । उक्त छात्रवृति भने इभेन्टका शैक्षिक पार्टनर शारदा एजुकेसन पार्कले प्रदान गर्ने छ ।
सौन्दर्यलाई फरक ढंगले व्याख्या गर्ने पुरातन समाजको गलत धारणालाई चिर्न पनि यो कार्यक्रम आयोजना गरिएको वताउदै आयोजक पक्षको प्रमुख हेरिरहेकी रश्मि दत्तले वताईन ।
कार्यक्रमवाट आएको मुनाफावाट २० प्रतिशत भने हाम्रो माया घर निर्माणार्थ भवन सहयोगमा खर्चिने पनि आयोजक पक्षले निर्णय गरेको छ । बिभिन्न इभेन्टका माध्यमवाट सामाजिक कार्यमा क्रियाशील सारदा इभेन्टको बर्दिबासमा कोरोनापछी पहिलो कार्यक्रम हो ।
सामाजिक परिवर्तनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको इभेन्टले अन्तिम फिनालेमा सृखला खतिवडालाई ल्याउने तयारी गरेको छ । कार्यक्रममा सहभागी महिलाहरुलाई खतिवडाले नै क्राउन पहिर्र्याएर सम्मान गर्ने छिन ।
कोरोनापछी सुस्ताउदै गएको बर्दिवासमा यस्ता कार्यक्रमहरुले चलायमान बनाउने बिस्वास लिईएको छ ।