
महोत्तरी - मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले महोत्तरी सदरमुकाम स्तिथ प्रादेशिक अस्पताल जलेश्वरमा आईतबार राति छडके अनुगमन गरेका छन । चिकित्सक ड्यूटीमा नबस्ने लगायत अस्पतालको सेवा सुविधाहरु प्रति नियमित जनगुनाशो आईरहेको हुनाले छडके अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बातएका छन । मधेश प्रदेशमा रहेको अस्पतालहरुका विषयमा आएको व्यापक गुनाशोले गर्दा अहिले प्रत्येक अस्पतालमा छडके अनुगमन थालिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

उनले प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक सेवा,प्रसुति गृह,ब्लड बैंक,ल्याब,फार्मेसी,एक्सरे फाँटहरुमा अनुगमन गरेका थिए । ड्यूटी चार्ट निरीक्षण,विरामीको रेकॉर्ड रजिस्टर,बिल भुक्तानि रेकॉर्ड मेंटेनेंस सँगै अस्पतालमा भएका उपकरणहरुको अवस्था बारे उनले जानकारी लिएका थिए । अस्पतालमा उपचाररत विरामी तथा कुरुआ सँग अस्पतालले दिईरहेको सेवा सुविधाहरु बारे मुख्यमन्त्री सिंहले प्रतिक्रिया समेत लिएका थिए ।

प्रादेशिक अस्पताल जलेश्वरको ड्यूटी चार्टमा चिकित्सकको नाम रहेको उनले बताए । चिकित्सक ऑन ड्यूटी हुनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गर्ने मुख्यमन्त्री सिंहले बताएका छन। अस्पतालमा सेवा लिन आउने विरामीको चाप कमभएको र सर-सफाईमा कमीकमजोरी देखिएको उनले बताए । प्रादेशिक अस्पताल जलेश्वरको विषयमा अस्पताल प्रशासन सँग समन्वय गरी सेवा सुविधा विस्तारका लागि आवश्यक छलफल गरी कार्य अघि बढाउने मुख्यमन्त्री सिंहले जानकारी दिए ।

