
भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला का बिभिन्न स्थानहरु मा सोमवार र मंगलवार चेकजाच गर्ने क्रम मा भारत वाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा हुक्का फेलेवर र चिनी बरामद गरेको छ। बरामद गरिएको सामान हरु को अनुमानित मुल्य ८ लाख १७ हजार ५ सय रहेको रुपन्देही प्रहरी ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत वाट खटिएको प्रहरी टोलीले सोमवार र मंगलवार जिल्ला का बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा ४००० पिस हुक्ला फेलेवर र ६ बोरा चिनी बरामद गरि आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया मा वुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।