सुजाता राई
विराटनगर । कवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा रचित कवितासङ्ग्रह ‘अतीतको डायरीबाट’ को लोकार्पण समारोह सम्पन्न भएको छ। राष्ट्र सेवक बहुउद्देश्यीय सहकारीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्रष्टा, समीक्षक, र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल थिए। साथै विशिष्ट अतिथिका रूपमा छवि वैरागी घिमिरे, प्रा. डा. हरिहर भण्डारी, प्रा. एकराज भट्टराई, डा. देवी पन्थी, कृष्णभुषणा बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, डा. नरेन्द्रप्रसाद चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, र विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष तथा अग्रज स्रष्टा बलराम पोखरेललगायतको गरिमामय उपस्थिति रहेको थियो।



लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान, कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल र सङ्गम अभियान मासिकका प्रधान सम्पादक रामबाबु दाहालले समालोचनात्मक समीक्षा प्रस्तुत गरे।

साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा सुमन पोखरेल, उमानाथ भट्टराई, रोहिणी रसिक, सीमा आभास, डोमी कामत, मञ्जु घिमिरे दाहाल, भवानीप्रसाद ढकाल, पुष्पा सायरा, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, मञ्जुश्री गिरी, राधा भट्टराई, हेमसागर पोखरेल, ऋषि तिवारी, भूपाल अधिकारी, लक्ष्मी रायमाझी, नानुमैया दाहाल, विनोद विवश घिमिरे लगायतका स्रष्टाहरूको सक्रिय उपस्थिति थियो।

रचना वाचनसँगै शुभकामना मन्तव्यहरू पनि कार्यक्रमको आकर्षण बने। भीम कोइराला, डा. छवि वैरागी घिमिरे, डा. देवी पन्थी, लेखकका मनोज ढकाल लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन सचिव गोपाल निर्भीकको गरेका थियो।




