
महोत्तरी - तराई-मधेसमा मनाइने चौरचन पर्व नजिकिएसंगै महोत्तरी जिल्लाको औरही नगरपालिका १ मा लाग्ने औरही बजारसहित तराई-मधेसका जिल्लाहरुको बजारमा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराई-मधेश क्षेत्रमा मधेशी,मैथली र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन पर्व सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् ।

यस वर्ष हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो । स्थानीयहरुले चौरचनको १ महिना अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ ।
यस वर्ष भाद्र २१ गते चौरचन र हरितालिका तिज पर्व एकै साथ रहेको छ।

विगतमा ५ देखि १० रुपियाँमा पाइने ती माटाका भाडाहरु अहिले ५० देखि १०० रुपियाँसम्ममा र कुनै कुनै भाडो १ सय देखि २ सयसम्ममा बिक्रिवितरण भएको स्थानीयहरुले बताएका छन् । यसवर्ष यहाँको इतिहासमै सबभन्दा बढी महगोंमा माटोको भाडोको खरीदविक्रि भएको छ ।

चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् । उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।

चौरचनका लागि महोत्तरी जिल्लाकोको औरही लगाइत गौशाला ,रामगोपालपुर,भंगहा,जलेश्वर लगागतका स्थानीय हाटहरुमा माटाका भाडाहरु किन्ने स्थानीयहरु नजिकको बजारमा भिड लागने देखिएको छ ।
फोटो : धर्वेन्द्र कुमार यादव"यदुवंशी",शिरिष न्युज,औरही/महोत्तरी








