
नेल्टा जनकपुरको १५ औं वार्षिक साधारण सभाबाट धनुषा जिल्लामा अङ्ग्रेजी शिक्षकहरुको पेशागत संगठन नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को शनिवार होटेल सिटि स्टार शिव चौक जनकपुरधाममा बसेको सभाबाट अगामि तीन वर्षको लागि नयाँ कार्यकारिणी समितिको गठन भएको छ ।
नेल्टा जनकपुरका अध्यक्ष अमित कुमार कर्णको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका इकाइ प्रमुख चेत कुमार पोख्रेलको आतिथ्यतामा नेल्टा जनकपुरको १५औं वार्षिक साधारण सभा सफलतापुर्वक सम्पन्न भएको हो ।
यस सभामा विशिष्ट अतिथिको रुपमा डाक्टर दिनेश कुमार यादव, डाक्टर बिनोद साह, श्री रिमा कर्ण, श्री दिपेन्द्र लाल कर्ण रहनुभएको थियो । त्यसै गरि यस सभाका विषेश अतिथिहरु नेल्टा रौतहटका अध्यक्ष आशाराम साह, नेल्टा महोत्तरीका अध्यक्ष ज्ञानेन्द्र कुमार यादव र प्रमुख प्रायोजकको रुपमा नाईटिङ्गेल कलेजका, कुपनडोल ललितपुर रहेको थियो । प्रायोजकको रुपमा अर्को दुईवटा संस्थाहरु जनकपुर एजुकेशन फाउन्डेशन र जनकपुर जिम एन्ड फिटनेस सेन्टर, जनकपुरधाम समेत रहेको थियो ।
सभाबाट अर्को तीन वर्षको लागि अमित कुमार कर्णको अध्यक्षतामा उपाध्यक्ष अशोक साह, महासचिव रामेश्वर मण्डल, सचिव शत्रुधन साह, कोषाध्यक्ष राम कृष्ण मण्डल चयन हुनुभएका छन् ।
त्यसैगरी सदस्यहरुमा रन्जित कुमार झा, अवधेश कुमार साह, रामसागर साह, संतोष कुमार साह, मिथलेश नारायण वर्मा र मनोरमा झा रहनुभएका हुन् ।
नेल्टाको गठन ईस्वि सम्वत १९९२ मा नेपालमा शिक्षण पेशमा लागेका सम्पूर्ण अङ्ग्रेजी शिक्षकहरुको पेशागत शिप विकासका पक्षलाई अझ सबल, गुणस्तरिय र उतकृष्ट बनाउने उद्देश्यले गठन भएको थियो ।
अङ्ग्रेजी शिक्षकहरु बीच राम्रो संजाल, सहयोग तथा सहकार्यका लागि एउटा साझा मंच खडा गर्ने उद्देश्य समेत रहेको छ । धनुषामा नेल्टा जनकपुरको स्थापना २०६६ असार १३ गते भएको थियो । त्यस यता यस संस्थाको विभिन्न कार्यकारिणी समितिहरु बन्दै अङ्ग्रेजी शिक्षकहरुलाई लक्षित गर्दै अनेकन पेशागत कार्यक्रमहरु नियमित गर्दै आईरहेको छ ।
यस संस्थाले अहिले सम्म स्थानिय, जिल्लागत, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु समेत गरिसकेका छन् । संस्थाको प्रमुख सुन्दरता भनेको यो पुर्णरुपमा गैर नाफामुलक, गैर राजनितीक रहनुको साथै विशुद्धरुपमा पेशाप्रति समर्पित एकमात्र संस्थाको रुपमा चिनिन्छ । यसले समय-समयमा विभिन्न ट्रेनिङ्ग, सेमिनार, कार्यशाला, जर्नल प्रकाशन जस्ता आदि कार्यहरु गर्दै आईरहेको छ ।
अङ्ग्रेजी शिक्षकहरुका पेशागत वृद्धि विकासका लागि शिक्षण सिकाई क्रियाकलापमा आएका नविन्तम विचार, सिद्धान्त, प्रयोगहरुलाई शिक्षक सामु पसर्याउने कार्य यस संस्थाले गर्छ । उसले अवश्य शिक्षकहरुको शिक्षण सिकाई क्रियाकलापहरु अझ परिसकृत हुदै जाने र विद्यार्थीहरुलाई पनि सहज हुने विश्वासका साथ आज सम्मको १५ वर्षको लामो यात्रा गर्दै यहाँसम्म आइपुगेको छ ।
डिजिटल प्रविधिलाई समेत अंगालदै नेल्टा जनकपुरले शिक्षक र विद्यार्थीहरु दुवै जनका लागि २०८१ बैषाख देखि आफ्नै युट्युब लर्न विथ ईज संचालन गरेको छ । साथै आफ्नो कार्यलयका लागि विगतदेखि सामना गर्दै आईरहेको समस्या समेतलाई छिचोल्दै कार्लयको स्थापना गर्न सफल भएको छ ।