
महोत्तरी - महोत्तरीमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । एक सय ५० किलो लागूऔषध गाँजासहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको धुनीबेँसी नगरपालिका–६ का ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ का १८ वर्षीय सुदिप अधिकारी रहेको महोत्तरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
पक्राउ परेका खत्री र अधिकारी बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपका चालक र सहचालक हुन् ।
पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका लागूऔषध गाँजा जलेश्वरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप कारबाहीको प्रक्रिया अघि बढाइएको प्रवक्ता जैसवारले बताए ।