
महोत्तरी - महोत्तरीमा खोलाले बगाएको युवक मृत अवस्थामा फेला परेका छन । शनिबार बिहान १० बजेतिर घरबाट हराएका बर्दिवास–१०, झ्याउरे भांग्रेका २१ वर्षिय मानबहादुर थिङ खयरमारा खोला किनारमा मृत फेला परेका ह्न् ।
स्थानीयले एक व्यक्तिलाई खोलामा बगेको देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले र स्थानीयले खोजी गर्ने क्रममा शनिबार साँझ ५ बजे खयरमारा–११ को मालगदिस विद्यालयको तल खोला किनाराको सिसौ घारीमा थिङको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
शिरखोलाबाट खयरमारा खोलासम्म झण्डै ५ किलोमीटर अगाडि उनको शव भेटिएको बर्दिवास–१० का अध्यक्ष प्रमोद मोक्तानले बताए । उनका अनुसार मृतक थिङ सुस्त मनस्थितिका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।