
महोत्तरी - महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ मदरसा टोल(पुरानो माछा बजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर संचालनमा रहेको खुश्वु टेन्ट हाउसको स्टोरमा आगलागी हुदा ४८ लाख भन्दा बढीको क्षति भई टेन्ट हाउस संचालकको व्यापार व्यवसाय पुणर्रुपमा ठप्प भएपछि जनकपुर अटोमोबाईल्स डिलर्स एशोसिएसनले उनलाई आर्थिक सहयोग गरेको छ । टेन्ट हाउसका संचालक अरविन्द साहलाई एशोसिएसनका उपाध्यक्ष संतोष साह सहितको टोलीले ६३ हजार आर्थिक सहयोग गरेको हो ।

आगलागी भएको स्थलमै आएर पिडित व्यवसायी साहलाई सान्त्वना दिदै अटोमोबाईल्स डिलर्स एशोसिएसनका पदाधिकारीहरुले तत्काल संकलन भएको आर्थिक सहयोग प्रदान गर्दै आगामी दिनमा समेत आफुहरुबाट हुन सक्ने सहयोग गर्न प्रतिवद्ध रह्ने आवश्वासन दिए । जनकपुर उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष मनोज साह सहित अटोमोबाइल्स डिलर्सहरुसंग सो आर्थिक सहयोग जुटाइएको उपाध्यक्ष संतोष साहले बताए ।
आगलागीमा टेन्ट हाउस सहित स्टेशनरी तथा सप्लाई पसलका सम्पुणर् सामग्री जलेको थियो ।




