
उपभोक्ताहरुको भिडले हिडने ठाँउ छैन । व्यापारीहरुले हरेक पशलहरुमा स्पष्ट रेट निर्धारण गरिएको व्यानरहरु देखिनेगरी राखेका छन् । मन्दी र प्राकृतिक प्रकोपको वावजुत पनि व्यापारीहरुलाई सामान वेचेर फुर्सद छैन ।
उधोग बाणिज्य संघ बर्दिवासले आयोजना गरेको दशैँ सस्तो बजारमा १६ गतेदेखि सुरु भएको यो ७ दिनको अवधीमा सिसिटिभी क्यामरामा कैद भएको रेकर्ड अनुसार ४५ हजार मानिसले बजारको अवोलोकन गरेका छन् भने खरिद गर्नेहरुको संख्या समेत उच्च छ ।
स्थानियहरुका अनुसार दशैँ सस्तो बजारले बर्दिवास नै चलायमान वनाएको छ । उपभोक्ता र व्यापारीहरुको सम्बन्ध समधुर नभएको र सामान्य उपभोग्य सामान खरिद गर्न भारतीय बजारमा जानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै उधोग बाणिज्य संघले आयोजना गरेको सस्तो बजार यतिवेला स्थानीय उपभोक्ताहरुको आकर्षक वनेको छ ।
‘दशैँ सस्तो बजारको आवागमनले वाहिर वेच्ने भन्दा निक्कै मानिसहरुले खरिद गरिदिनु भएको छ ।’ माछा व्यापारी दिपक सहनीले भने । ‘सस्तोमा बेच्दा पनि ठुलो मात्रामा व्यापार हुँदा फाईदा नै हुदो रहेछ ।’
दिपक जस्तै जुत्ता व्यापारी अनोर हुसेन पनि दशैँ सस्तो बजारबाट निक्कै खुसी देखिएका छन् । पहिले कोहीपनि नआउने ठाँउमा अहिले दैनिक ठुलो मात्रामा व्यापार भईरहेको उन्को भनाई छ । ‘केही मानिसहरुले वाहिर पट्टी गुणस्तरहीन सामान वेचेको भन्दै गलत प्रचार पनि गरेका छन् रे । तर हामीले गुणस्तरमा नै ध्यान दिएका छौ यो सवै सस्तो बजारलाई सफल वनाउन नदिने प्रपंच मात्र हो ।’ उन्ले भने ।

कपडा तथा खाध्यान्न व्यापारीहरु समेत उपभोक्ताहरुको आकर्षणलाई लिएर उत्साहित देखिएका छन् । कपडा र खाध्यान्नमा समेत सक्ने जति छुट दिएर गुणस्तरिय सामानमा ध्यान दिईरहेको व्यापारीहरुको भनाई छ ।
उपभोक्ताहरुले सस्तो बजारलाई लिएर सकरात्मक प्रतिक्रिया दिईरहेका छन् । ‘बाहिर सामाजिक संजालमा केही मानिसहरुको आलोचना देख्दा ठगिने पो हो की भन्ने डर पनि लागेको थियो तर बजारभित्र छिरेपछि मैले त्यस्तो महसुस गरिन ।’ स्थानीय राममायाले भनिन । ‘जे होस् दशैँ सस्तो बजार उपभोक्ता र व्यापारी दुवैको हितमा छ ।’
तर सामाजिक संजालमा भने गुणस्तर र म्याद गुज्रेको सामान समेत विक्री भएको भन्दै कतिपयले सस्तो बजारले यस्ता विकृतिलाई पश्रय दिएको र अनुगमन प्रभावकारी नभएको प्रश्न उठाउदै आएका छन् ।
यता आयोजक पक्षले दशैँ सस्तो बजार उदेश्यअनुरुप सफल भईरहेको जनाएको छ । संघका अध्यक्ष बिष्णु खडकाले वाहिरवाट आएका आलोचनालाई समेत सुझावकोरुपमा ग्रहण गरिरहेको वताउदै व्यापारी र उपभोक्ताहरुको समवन्धलाई जोडन सफल भएको दावी गरे । सस्तो बजार २५ गतेसम्म जारी रहनेछ ।