सरोज महताे
बिदामा आफ्नो कर्मथलोबाट पक्कै पनि जन्मथलो आउनु भएको होला वा आउने क्रमका हुनुहुन्छ । वर्ष भरीमा लामो बिदा जो पाइएको छ । कुरा जे भए नि आफ्नो जन्भुमि प्यारो नै लाग्छ । बिदाको अवधिमा केहि फलदायक काम गर्नुपर्छ जस्तो लाग्छ । यहि सोच्ले मेरो व्यक्तिगत तर्फबाट यी ५ काम जो गर्न सकिन्छ, तपाईहरु माझ सुझाउन जम्र्को गरेको छु ।
१. परिवार तथा आफन्तसँग समय बिताउने
हामीले प्राय सुने गुनासो समय दिएनौ भनेर जुन स्वाभाविक पनि हो । कर्मथलोम काम लगायत अन्य जिम्मेवारीलाई चाहिएर पनि परिवार तथा आफन्तलाई समय दिन सकिरहेको हुदैन । त्यसलै यहि अवसर हो परिवार तथा आफन्तहरुसँग समय बिताउनुस् । उनका कुरा सुन्नुस्, सक्ने कामहरुमा सहघाउनु या सक्ने साथ दिनुस् । सकेसम्म वहाँहरुको कुरा सुन्नुस् यहि अवसर हो ती गुनासाहरु कम गर्ने । सके सम्म घरका वृद्ध उमेर र बालबालिकासँग समय व्यति गर्ने कोशिस गर्नु यसले आफ्नो जिवनमा फरक किसिमका अनुभव लिन सकिन्छ ।
२. जनप्रतिनिधिहरुसँग भेट्नुस् ।
बिदा त सबैको हुन्छ र जनप्रतिनिधिहरुको हुदैन भने पनि छैन । वहाँको कर्मथलो र जन्मथलो एउटै हो । तपाई आफ्नो पालिका प्रमुख लगायत उपप्रमुख वडा समितिहरुलाई भेट्ने कोशिस गर्नुस् । पालिकामा के हुँदै छ ? कसरी काम हुँदैछ ? चुनौति तथा अवसरहरु के के छन् ? वाचा गरिएका कुराहरु पुरा भयो त ? लगायतका विषय बुझ्नु । आफ्नो विज्ञताको आधारमा के प्रगति भएको छ र त्यसमा तपाईको भुमिका केहि हुन्छ भने जनप्रतिनिधिहरुलाई बताउनुस् । विशेष गरि वडाका समितिका सदस्यहरुलाई भेटने पुणर् रुपमा कोशिस गर्नुस् किनकि वहाँहरु जनप्रतिनिधि त हुनुभयो तर भुमिका बिहिन छन् । वडा सदस्यहरुका लागि केहि गर्न नसकिए पनि कम्तिमा वहाँको कुरा सुन्नु । निवार्चनमा भोट खसाले पछि कतिपयलाई गाउँ आउने अबसर यहि मिलेको होला । मतदान गर्नु मात्रै हाम्रो दायित्व हैन निर्वाचित जनप्रतिनिहिरुसँग प्रश्न गर्ने पनि कर्तव्य हो । याद गर्नु होला हाम्रो गाउँ हामी नै बनाउने हो ।
३. साथिसँगीसँग पुणर्मिलन गर्ने ।
विधालय तथा उच्च तहका साथिहरुसँग सकेसम्म समय बिताउने प्रयास गर्नुस् । यहि समय हो जहाँ बिताएका क्षणलाई ताजा बनाउने । आफ्नो आफ्नो जुडिएका क्षेत्र बारे साझा गर्ने । एकअर्कासँग सहकार्य गर्न सकिन्छ वा सहयोग गर्न सकिन्छ भने सहयोग गर्नुस् । आफ्नालाई आफ्नैले सहयोग गर्छ । भेटेको बेला आफु पढेको विधालय भ्रमण गर्नु होला त्यहाँको अवस्था बारे बुझ्ने प्रयास गरि सहकार्य गर्ने योजना बनाउनु होला । यहि समय साथिसँगीसँग समय बिताउने पछि त सकिन्छ तर भौतिक रुपमा हैन । जिवनमा साथिहरु महत्वपुणर् हो । मिले सम्म बाहिर घुम्ने वा पिकनिक गर्ने योजना बुन्न सकिन्छ ।
४. गाउँघरमा भएका युवाहरुसँग समय बिताउने ।
जुन ठाउँमा हुर्किनु भयो तर लामो समय देखि शबिताउनु भएको छैन होला । त्यहाँ भएका युवाहरुसँग समय बिताउनुस् आफ्नो अनुभव साझा गर्नुस् । युवाहरुको योजना पनि सोध्नुस् त्यसलाई कार्यान्वयन कसरी गर्ने भने कुरामा मेन्टरिङ्ग गर्ने प्रयास गर्नुस् । आफ्नो गाउँ आफैले बनाउने हो । उनीहरुको लागि अवसर के के हुनसँग र उनीहरुको ईन्ट्रेस्ट अनुसार कुन क्षेत्र छान्दा राम्रो होस् भने सुझाव दिन सकिन्छ भने प्रयास गर्नुस् । स्थानियस्तरमा पुस्तकालय वा अन्य केहि युवाहरुका लागि गर्न सकिन्छ भने प्रयास गर्नुस् । सके सम्म युवाहरुको उपोग हुने क्रियालापमा भाग लिने र सहभागी गराउने वातावरण मिलाउनुस् ।
५. आफ्नोलागि समय बिताउनु होला ।
कर्मथलोका विभिन्न कारणले मन परेको फिल्म, वेबसिरिज हेर्ने समय नमिलेको हुन सक्छ । चाहेको किताब पढने समय नमिल्न सक्छ । केहि मनका लागेको कुरा लेख्न वातावरण नमिलेको हुन सक्छ । घुम्न मन लागेको ठाउँ लिस्टमा धेरै होला तर समय न मिलेको हुन सक्छ । यी सबै कुरा पुरा गर्ने उपयुक्त समय हो । चाहेको फिल्म तथा वेबसिरिज हेर्नु होला जस्तो कि हिन्दि फिल्म महराज, महराजा फिल्म जस्ता हुन सक्छ भने हिन्दि स्कुप जस्ता वेबसिरिज पनि होला उदाहरणका लागि केहि सुझाएको छु । त्यस्तै विभिन्न किताबहरु पढ्ने मन भएका ती कितावहरु पढ्ने कोशिस गर्नु होला । मनका भएका कयौँ कुरा लेख्न मन लागेको होला ती कुरा लेख्नु । घुम्न जान मन लागेको ठाउँहरु घुम्नु । आफुलाई चाहे अनुसारको केहि समयका लागि भए नि समय बिताउनु ।
काम गर्नेहरुलाई आफ्नो व्यक्तिगत बिदा बिना यसरी लामो समय बिदा कमै पाउँछ । यसलाई कयौ तरिकाले सदुपयोग गर्न हरदम प्रयास गर्नु पर्छ । माथि उल्लेख गरिका मेरो नितान्त व्यक्तिगत विचार हो । मन परे उपयोग गर्नु होला । तपाईहरुसँग फरक किसिमका आईडि छ भने त्यहि अनुसार उपयोग गरि हामी माझ साझा गर्नु होला । ढिला भए पनि दशैको भव्य शुभकामना ।