सुजाता राई
विराटनगर स्थिर आरोहण गुरुकुलमा शनिबार कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको अल्पी मुसहरको माटो कविता सङ्ग्रह सार्वजनिक भएको छ।



कार्यक्रम विराट साहित्य सङ्गमको आयोजनामा सोही सङ्गमको अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा गाईघाट उदयपुरका त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा.कैलाश राईको प्रमुख अतिथ्यथ्तामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रज्ञा दिवस पोखरेल प्राडा मीनराज ढकाल, प्राडा मेदेनीप्रसाद शर्मा,प्राडा हरिहर भण्डारी, नगेन्द्र चपागाई स्मृति प्रतिष्ठान अध्यक्ष सरला चापागाई, कृतिकारको धर्मपत्नी तारा न्यौपाने, गुरुकुल अध्यक्ष भैरव क्षेत्री,महेश रेक्मी,बाबुराम कार्की, साहित्यकार मनुमन्जिल, बद्री भिखारी, सीमा आभास, मिनकुमार नवोदित, कविराज न्यौपाने, माधव गोजयाङग्रे,कुशेश्वर राई,दिनेश श्रेष्ठ, वसुन्धरा झा, लगायतको उपस्थिति थियो।

लेखक परिचय कवि उमेश लुइटेलले गरे भने कृतिकारको बारेमा समीक्षक टिप्पणी मुक्तक प्रतिष्ठानको अध्यक्ष बाबुराम पोखरेलले गरेका थिए। शुभकामना मन्तव्य श्री बाबुराम कार्की प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमको सम्पदक रामबाबु दाहाल, साहित्यकार मनुमञ्जिलले गरेका हुन् । विराट साहित्य संगमले प्रकाशनमा ल्याएको यस संग्रहमा कुल ४१ वटा कविताहरू समाबेश छन् ।
लेखको कविता शुभलक्ष्मी लमसाल, कवि तथा सञ्चारकर्मी मिनकुमार नवोदित, रञ्जना भट्टराईले वाचन गरेर सुनाए । कार्यक्रम विराट साहित्य सङ्गमको सचिव गोपाल निर्भिकबाट शुरु भएको स्वागत मन्तव्य सञ्चालक प्रज्ञा खेम नेपालीले सम्हाले।

कृति विमोचनमा विभिन्न ठाउँ,क्षेत्रबाट नाटककर्मी,सञ्चारकर्मी,साहित्यकार,साहित्य प्रेमी,तथा लेखकको धर्मपत्नी,छोराछोरी सासु आमाबुवा सम्पुर्ण परिवार आफन्तजनहरु शुभकामना आशीर्वाद दिनलाई सहभागी थिए उपस्थितको सङ्ख्या जम्मा सय जना भन्दा बढी रहेको थियो।




